कीटजन्य रोगको जोखिमबाट उमालेर वा शुद्धीकरण गरिएको पानी पिउने गरौँः स्वास्थ्य मन्त्रालय

काठमाडाैं | चैत १५, २०८१

कीटजन्य रोगको जोखिमबाट उमालेर वा शुद्धीकरण गरिएको पानी पिउने गरौँः स्वास्थ्य मन्त्रालय

काठमाडौं:   गर्मीयामको सुरुआत भएसँगै नेपालमा किटजन्य रोगहरूको जोखिम बढ्नसक्ने भएकाले विज्ञले सचेतना अपनाउन आग्रह गर्नुभएको छ ।

    
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रवक्ता डा प्रकाश बुढाथोकीले मन्त्रालयको साप्ताहिक ब्रिफिङमा गर्मीमा कीटजन्य रोगको जोखिम बढ्ने र दूषित पानीका कारण विभिन्न सङ्क्रमणहरू फैलने जोखिम हुने बताउनुभयो ।

    
उहाँले शुद्धीकरण नगरिएको पानी र दूषित खानाले झाडापखाला, टाइफाइड, जन्डिस र हैजाजस्ता रोगहरूको जोखिम बढाउनसक्ने बताउनुभयो । उहाँले त्यस्ता जोखिमबाट बच्न पानी उमालेर वा क्लोरिन झोलको प्रयोग गरी शुद्धीकरण गरेर मात्र प्रयोग गर्ने सुझाव दिनुभयो ।

    
उहाँले भन्नुभयो, “स्वच्छ, सफा र पौष्टिक आहार खाऔँ । प्रशस्तमात्रामा फलफूल तथा हरियो सागसब्जी सेवन गर्ने गरौँ । खाद्य पदार्थहरूलाई सुरक्षित तरिकाले भण्डारण गर्नुपर्छ । शौचालयमा मात्र दिसापिसाब गर्ने गरौँ ।”  

    
त्यस अवसरमा प्रवक्ता डा बुढाथोकीले तापक्रम वृद्धि भएसँगै कीटजन्य रोगहरू जस्तै डेङ्गी, मलेरिया, जापानिज इन्सेफलाइटिसको पनि जोखिम बढ्ने बताउनुभयो । उहाँका अनुसार सङ्क्रमणबाट बच्न वरपरको वातावरण सफा राख्ने, लामखुट्टेको नियन्त्रण गर्न घर, कार्यालय, विद्यालय आदि वरपर पानी जम्न नदिने, लामखुट्टेको टोकाइबाट बच्न झुलको प्रयोग गर्ने, झ्याल, ढोकामा जाली राख्ने तथा लामखुट्टे भगाउने धुपको प्रयोग गर्नुपर्छ ।

    
उहाँले हाल मौसममा आएको परिवर्तनसँगै रुघाखोकी, ज्वरोजस्ता लक्षणसहितका फ्लूका बिरामीहरुको चाप अस्पतालमा बढ्दै गएकाले फ्लूबाट बालबालिका, वृद्धवृद्धा, गर्भवती, दीर्घरोगीहरु बढी जोखिममा हुने भएकाले सावधानी अपनाउन आग्रह गर्नुभयो । “साबुनपानीले हात धुने, मास्कको प्रयोग गर्ने, काम नपरी भिडभाडमा जाने नगरौँ”,उहाँले भन्नुभयो ।  

    
उहाँले स्वास्थ्यसँग सम्बन्धित कुनै जिज्ञासा वा गुनासो भए मन्त्रालयको हेल्लो स्वास्थ्य कल सेन्टर १११५ मा बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म फोन गरेर वा इमेल गर्न पनि सकिने जनाउनुभयो । स्वास्थ्य मन्त्रालयले हरेक शुक्रबारको १ बजेर ३० मिनेटमा साप्ताहिक मिडिया ब्रिफिङ गर्दै आएको छ ।

पोखरा:    नेकपा (एमाले)ले नेसनल भोलेन्टियर्स फोर्स गण्डकी प्रदेश र कास्की जिल्लाको युनिफाइड कमाण्ड घोषणा गरेको छ । फोर्सको प्रदेश इञ्चार्जमा सुशिल बस्नेत र फोर्सको प्रदेश प्रमुख कमान्डरमा पानबहादुर जिसी छ...

थप पढ्नुहोस्

पोखरा:    ९ वर्षपछि आयोजक सहारा क्लब पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।   पोखरा रंगशालामा आज भएको पहिलो सेमिफाइनल खेलमा मनाङ मस्र्याङ्दी क्लबलाई पेना...

थप पढ्नुहोस्

शेर्पा समुदायले आज (बुधबार) विभिन्न कार्यक्रम गरी ग्याल्पो ल्होसार पर्व मनाउँदै छन् । ल्हो अर्थात् वर्ष अनि छार अर्थात नयाँ भनिन्छन् । शेर्पा समुदायले यसलाई नयाँ वर्षका रुपमा मनाउँछन् ।   पर्वको अवसरमा शेर्प...

थप पढ्नुहोस्